कोपनहेगनमा नेपालीहरुद्वारा नयाँ वर्षको कार्यक्रम सम्पन्न

प्रकाश ढकाल, कोपनहेगन –
नयाँ वर्षको उपलक्ष्यमा डेनमार्कमा रहेका नेपालीहरुले विविध कार्यक्रम गरी नयाँ वर्ष मनाएका छन । डेनमार्कमा अध्ययनरत नेपाली विधार्थी हरुको आयोजनामा तथा तथा एभरेष्ट रेमिट को प्रायोजनमा कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा सांगितिक कार्यक्रम तथा नेपाली खानाको ब्यवस्था रहेको थियो । नयाँ वर्षकै दिन अर्थात बैशाख १ गतेको दिन नै पारेर कायक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा भेला भएका नेपालीहरु एक आपसमा नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमलाई रोचक बनाउन आयोजित सांगितिक कार्यक्रममा शःशुल्क प्रवेश को ब्यवस्था थियो । त्यसबाट उठेको रकम ओसियान नामक नेपालको गैर सरकारी संस्थालाई सहयोग गरिने कार्यक्रममा जानकारी दिइयो । ओसियान नेपालका टुहुरा बालबालिकाको लागी काम गर्ने संस्था हो । कार्यक्रममा ब्यत्तिगत रुपमा पनि नगद सहयोग गरिएको थियो । एन.आर.एन डेनमार्क अध्यक्ष सोमनाथ सापकोटा उपाध्यक्ष महेश कंसाकार यामलाल सुवेदी जनसम्पर्क समिति डेनमार्क लगायतले ओसियानको सहयोगको लागि नगद रकम प्रदान गरेका थिए ।

यसैगरी कार्यक्रममा डेनमार्कमा अध्ययनरत नेपाली विधार्थी प्रशान्त राज बानिया को एकल सांगितिक सि. डी. एल्बम कलर टि. भि. को पनि बिमोचन गरिएको थियो । बिमोचन नेपाल प्रति निकै चासो राख्ने र धेरै पटक नेपाल यात्रा गरेकी डेनिश नागरिक बिर्गिट निल्सेनले गरेकी थिइन । बानिया को स्वर रहेको उक्त एलबम मा छ वटा गितहरु रहेका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*