तिलक मान गुरुंग, कोपेनहेगन
चितवन समाज डेनमार्कले ( Ideal Home ) Woman Development Center भरतपुर-१० लाई ने रु ७८०० आर्थीक सहयोग गरेको छ ।
IWDC चितवनका घरेलु हिषा पीडित महिलाहरुलाई सहयोग गर्दै आइरहेको संस्था हो उक्त संस्थाले चितवन तथा छिमेकी जिल्लाका गरी १४ जना घरेलु हिषा पीडित महिलाहरुलाई आश्रय दिदै आईरहेको छ । त्यहाँ बस्दै गरेका महिलाहरुलाई दैनिक जीवन यापन गर्न सहज होस् भनि Ideal Home chitwan ले सामान्य आयमुलक तालिम दिने गर्दछ ।
चितवन समाज डेनमार्कले हिषा पीडित महिलाहरुलाई सिलाई बुनाइ तालिम दिन सिलाइ मेशिन खरिद गर्ने उद्देश्यको लागि उक्त रकम सहयोग गरेको हो जस्ले गर्दा हिषा पीडित महिला हरु आत्मनिर्भर हुन सहयोग पुग्नेछ Helpless woman & rehabilitation Center को तर्फबाट कार्यक्रम सम्योजक मिना खरेलले उक्त सहयोगको लागि चितवन समाज डेनमार्कलाई धन्यबाद दिदै यो आर्थीक सहयोगले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बताउनु भएको छ ।