चितवन समाज डेनमार्क द्वारा हाम्रो घर लाई कमप्यूटर हस्तान्तर

चितवन समाज डेनमार्कले चितवन स्थित सडक बाल बालिका उत्थान केंन्द्र हाम्रो घरलाई सहयोग स्वरुप कमप्यूटर हस्तांतरण गरेको छ | हाम्रो घर चितवन जिल्लामा दुखी, जोखिमपूर्ण जिन्दगी बिताई रहेका सड़क बालबालिकाहरुलाई राखेर शिक्षा, स्वास्थ्य सेवा दिदै आइरहेको एउटा गैर सरकारी संस्था हो | यहाँ १४ जना सड़क बालबालिकाहरु बस्दै आइरहेका छन | यस संस्थाले कुलत, बिकृतिमा फसेका बालबालिकाहरुलाई असल चरित्रवान र स्वावलम्बी नागरिक बनाई एउटा आदर्श समाजको निर्माण गर्न उक्त संस्थामा रहदै आईरहेका बालबालिकाहरुका दैनिक आधारभूत आवश्यकता पूर्ति गर्दै प्रारम्भिक शिक्षा, बिबिध शिप, तालिमको माध्यमबाट दक्ष बनाई स्वनिर्भर बनाउने लक्ष्य अनुरूप यहाँ बस्दै गरेका बालबालिकाहरुलाई कमप्यूटर शिक्षा दिने उद्देश्य सहित समाजका तर्फबाट खरीद गरी हस्तान्तरण गरेको हो |
चितवन समाज डेनमार्कले चितवन जिल्लाका बिभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको छ | निकट भविष्यमा रक्तदान साथै निशुल्क स्वास्थ्य सिविरको पनि आयोजना गर्ने लक्ष्य राखेको छ

तिलक मान गुरुंग

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*