जन संपर्क समिती पोर्तुगल तथा नेपाली समाज पोर्तुगलका उपाध्यक्षको बिज्ञप्ती

आदरणिय पोर्तुगलबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
हामी नेपालीहरु राम्रो भबिश्यको खोजीमा बिदेशिनु हाम्रो बाध्यता सँगै म पनि १९९९ मा पोर्तुगल प्रबेश गरेको थिए । करिब १० बर्ष को दौरानमा पोर्तुगलका बिभिन्न सामाजिक गतिबिधीमा संलग्न रहदै आएको थिए । यसै क्रममा पछील्ला दिनहरुमा म २ वटा संस्था जन संपर्क समिती पोर्तुगल र नेपाली समाज पोर्तुगल को उपाध्यक्षको रुपमा काम गर्दै आएको यहाँहरु सबैलाई अवगत नै छ। राम्रो अवसरको खोजीमा पोर्तुगल छोड्नु पर्ने बाध्यताको कारण ले आज मिती ०५-०६-२००९ का दिन देखि म उपरोक्त दुबै पदमा नरहेको जानकारी गराउँदै,सम्पुर्ण पोर्तुगल बासी नेपाली दाजु भाई दिदी बहिनीहरुको उत्तरोत्तर प्रगती को कामना गर्दछु ।

सोमनाथ सापकोटा ०५-०६-२००९
लिस्बोन्,पोर्तुगल

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*