Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

गैरआवासीय नेपाली दिवस पोखरा

विश्वभरी छरिएर रहेका नेपालीहरु विचको एकताको संजालको विकासको माध्यमबाट उनीहरुमा आफ्नो नेपालित्व प्रति अनुभूति गराउनका साथै नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहभागी हुन अभिप्रेरित गर्ने उद्देश्यले काठमाडौंमा सन् २००३ को अक्टोवर ११ देखी १४ सम्म पहिलो गैरआवासीय विश्व सम्मेलन आयोजना गरिएको थियो। विश्वका ४० भन्दा बढी मुलुकबाट आएका २०० भन्दा बढी गैरआवासीय नेपाली प्रतिनिधिहरुले आफ्नो औपचारिक संस्था गैरआवासीय नेपाली संघ खडा गर्ने र प्रत्येक वर्ष अक्टोवर महिनाको एक उपयुक्त दिन गैरआवासीय नेपाली दिवसका रुपमा मनाउने निर्णय गरेका थिए। यो निर्णयलाई नेपाल सरकारले अत्यन्त सकारात्मक रुपमा लिई अक्टोवर ११ तारिखलाई औपाचारीक रुपमा नै गैरआवासीय नेपाली दिवस (NRN DAY) का रुपमा मान्यता दिएको छ।
गैरआवासीय नेपाली दिवस विश्वका विभिन्न मुलुकमा त्यहाँ स्थित गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषदको निर्णयबाट र नेपालमा अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णयबाट मनाइदै आएको छ। यो वर्ष गैरआवासीय नेपाली दिवस नेपालमा औपचारिक रुपमा ११ अक्टोवरका दिन नेपालको एक प्रमुख पर्यटन केन्द्र गण्डकी अंचलको पोखरामा हुँदैछ।
प्रमुख विषय :
सन् २०११ पर्यटनका लागी संग संगै भन्ने नाराका साथ नेपाल पर्यटन वर्ष नेपालमा मनाइदै छ। गैरआवासीय नेपालीहरु आफु बसेको समाजमा नेपालको प्रतिनिधित्व गर्दछन् र नेपालमा विदेशी पाहुना भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न सक्तछन् । यिनै कुरालाई हृदयंगम गरी संघले यस वर्षको गैरआवासीय नेपाली दिवसको मूल विषय पर्यटन प्रवर्धनलाई बनाएको छ। यस दिवसका उपलक्ष्यमा गैरआवासीय नेपालीहरु माझ नेपालको पर्यटकीय वस्तु र सेवाको परिचय गराउने र उनीहरुलाई आफु बसेको मुलुकमा नेपालको पर्यटन प्रवर्धन कार्यमा संलग्न गराउने उद्देश्यले नै यो वर्षको मूल नारा
“स्थानिय विकास र पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली”
छानिएको हो। दिवसका अवसरमा आयोजित सवै कार्यक्रमहरु यसै विषयलाई केन्द्र विन्दु बनाएर हुनेछ। यो वर्षको गैरआवासीय नेपाली दिवसका कार्यक्रमहरुले समस्त गैरआवासीय नेपाली समुदायलाई पर्यटन वर्ष २०११ लाई सफल गर्नको लागि आफ्नो रणनिती एवं कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने विश्वास हाम्रो छ। साथै नेपालले पनि यस्तो काममा गैरआवासीय नेपाली समुदायलाई संलग्न गराउन के कस्ता उपाय अवलम्वन गर्नु पर्दछ त्यो प्रष्ट हुनेछ।
सहभागीताः
गैरआवासीय नेपाली दिवसका कार्यक्रमहरुमा नेपाल सरकार, राजनैतिक दलका नेताहरु, बुद्धिजिविहरु, नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरुको अर्थपूर्ण सहभागिताका साथै स्थानीय र राष्ट्रिय तहका समाजका विभिन्न अग्रणी व्यक्तिहरु र गैरआवासीय नेपाली समुदायको प्रतिनिधित्व हुने छ। यस संलग्नताले नेपालको नेतृत्व वर्ग र आम जनसमुदाय माझ गैरआवासीय नेपालीका पिडा राख्ने र सुःख दुःख बाड्ने मौका मिल्ने छ।
कार्यक्रमः
गैरआवासीय नेपाली दिवसको मुख्य कार्यक्रम पोखरामा अक्टोवर ११ तारिखका दिन आयोजना गरिने छ । यस बाहेक यस सम्बन्धी अरु विभिन्न कार्यक्रमहरु काठमाडौं र पोखरामा अक्टोवर ८ तारिख देखी लिएर १२ तारिख सम्म संचालन हुनेछ । वृस्तृत कार्यक्रम सम्मेलन पूर्व चाडै नै उपलव्ध गराइने छ ।
नाम दर्ताः
गैरआवासीय नेपाली दिवसमा सहभागिता जनाउनको लागी इच्छुक सहभागीहरुले गैरआवासीय नेपाली संघको सचिवालयमा सोझै नाम दर्ता गराउन सक्नेछन् । नाम दर्ता गराउने फारम सचिवालयमा इमेल वा फोन मार्फत सम्पर्क गरेर अथवा गैरआवासीय नेपाली संघको वेभसाइट www.nrn.org.np मा पनि उपलव्ध हुनेछ ।
नाम दर्ताका लागि दर्ता शुल्क गैरआवासीय नेपालीहरुका लागी नेपाली रु. ७,५०० अथवा अमेरीकी डलर १०० र आवासीय नेपालीहरुका लागी रु. ५,००० तोकिएको छ । दर्ता शुल्क गैरआवासीय नेपाली संघको सचिवालयमा सोझै नगद वा चेक मार्फत जम्मा गर्न सकिने छ । नगदको हकमा नेपाली रुपैंयाँ अथवा अमेरीकी डलर मात्र स्विकार गरिने छ ।
दर्ता भएका प्रतिनिधिहरुले गैरआवासीय नेपाली दिवसका उपलक्ष्यमा निस्केका सामग्रीहरु प्राप्त गर्नुका साथै औपचारीक कार्यमहरुमा सहभागी हुन सक्नेछन् । पोखरा जान र पोखरामा साइट सिनको लागी बसको व्यवस्था, एउटा दिवा भोज, दुइवटा रात्री भोज र दुइवटा विहानको नास्ता पनि यसमा संलग्न छ । यि वाहेक अन्य खर्च सहभागी आफैले व्यवस्था गर्नु पर्ने छ ।
सम्पर्कः
गैरआवासीय नेपाली संघ सचिवालय
टेकु, काठमाडौं
फोन नं. ९७७ – ०१ – ४२१५२४७
इमेलः nrn@nrn.org.np
वेभसाइटः www.nrn.org.np

NRN DAY 2010
11 October 2010
Pokhara, Nepal

ORGANISING COMMITTEE

Coordinator : Mr. Dev Man Hirachan, President – NRNA
Deputy Coordinator : Mr. Tenzi Sherpa, Secretary – NRNA

Members :
1. Mr. Rameshwor Shah Treasurer – NRNA (Finance)
2. Dr. Kumar Basnet Spokes Person – NRNA (Press)
3. Capt. Hitman Gurung NRNA Regional Coordinator, Europe
4. Mrs. Ranjana Udas NRNA Regional Coordinator, Africa
5. Mr. Goba Katuwal NRNA Regional Coordinator, Oceania
6. Mr. Sonam Lama ICC Member, USA
7. Mr. Sambhu Koirala Central District Officer, Pokhara
8. Mr. Guru Subedi Local Development Officer, Pokhara
9. Mr. Tilak Poudel Executive Officer, Pokhara Sub Metropolitan City ,Pokhara
10. Mr. Mankaji Makaju President, Pokhara Chamber of Commerce and Industry
11. S.P Puskar Karki District Police, Pokhara
12. Mr. Prachanda Man Shrestha CEO, Nepal Tourism Board
13. Mr. Tez Bahadur Gurung President, Nepal Handball Association
14. Mr. Narayan Karki President, Federation of Nepali Journalist, Kaski
15. Dr. Hemant Dabadi Director General, FNCCI

WORKING COMMITTEE

Members :
1. Mr. Raju Sayed NRNA Deputy Regional Coordinator, Middle East
2. Mr. Yem Gurung President, NCC-Hong Kong
3. Mr. Surya Gurung President, NCC UK
4. Mr. Som Nath Sapkota President, NCC Denmark
5. Mr. P.G. Sherpa President, NCC Belgium
6. Dr. Mani Raj Pokharel President, NCC Russia
7. Mr. Sundar Thapa Coordinator, NCC China
8. Mr. Madan KC NRN Korea
9. Dr. Dig Vijay Timilsina Gandaki Medical College, Pokhara
10. Mr. Bachuram Tiwari President, Pokhara Tourism Council, Kaski
11. Mr. Hemraj Baral President, Press Union

ADVISORS

1. Dr. Upendra Mahato Chief Patron – NRNA
2. Mr. Kush Kumar Joshi President, FNCCI
3. Mr. Kul Chandra Gautam Advisor, NRNA
4. Mr. Jiba Lamichhane Vice President, NRNA
5. Mr. Sagar Nepal Vice President, NRNA
6. Mr. Suraj Vaidya Sr. Vice President, FNCCI