Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

नेपाली लोकतन्त्र माथि माओबादी आक्रमण

नेपालमा बिर शहिद हरु को बलिदान,बिभिन्न चरणका भएका ऐतिहासिक
जनआन्दोन बाट नपालमा २४० बर्ष पुरानो राजतन्त्रको अन्त त भयो तर नेपालमा नेपलि जनाताको चाहाना अनुसार को शासन प्रणालि लोकतन्त्रको सस्थागत बिकसको लगि भने नेपलि जनताले अजै पनि बिसाउने बेलl भएको छैन। नेपालमा सुशान लोकतन्त्रको लागि भने अजै कयौ नेपालिहरुले देसको नाममा जिबनलाइ बलिदान दिनु पर्नेछ नेपालमा सबिधान शभाको निर्बाचनबाट ने,क,पा,माओबदि ठुलो दलको रुपमा स्तापित हुन सफल त भयो तर ने,क,पा,मओबदि अफ्नो दलिय स्वार्थ बाट माथि भने उठन सकेन।अघिल्ला सरकारका काम, र चरित्रबाट दिक्क भएका जनताले परिवर्तनको आशामा माओवादीलाई मौका दिए। जनताले राष्ट्र, समाज र आफ्नो जीवनकासाथै माओवादीमा पनि परिवर्तनको अपेक्षा गरेका थिए। तर भयो के? यो एक वर्षमा भएका घटनाक्रम ले निराशा छाएको छ माओवादीले अपनाएको अधिनायकवादी शैली का कारण नेपलामा दिनानु दिन हत्याहिम्शा बडदै गैइरहेको र हत्यारहरुले सरकार बाट शुरक्षा पाइरहेको अबस्था छ।

संक्रमणकालमा रहेको मुलुक लोकन्त्रको सुदृढीकरण, शान्ति प्रक्रियाको तार्किक निरूपण, राज्यको पुनर्संरचना र नयाँ पद्धतिको खोजीको दिशामा हिँड्नुपर्नेमा नयाँ द्वन्द्वमा फस्न गयो। यो समयमा राष्ट्र लोकतान्त्रिक गणतन्त्रको मान्यतालाई सार्थक तुल्याउने क्रममा जनताको छोरालाई राष्ट्रपति बनाउन सफल भए पनि परिवर्तनका अन्य बिषयहरु छायामा परेका छन। सरकारको नेतृत्व प्राप्त हुनासाथ ने.क.पा. माओवादीले आफ्नो हिंसात्मक युद्ध सफल नभए पछि गरेको लोकतन्त्र र शान्तिप्रतिको प्रतिबद्धता तोड्दै हिंसावादी मानसिकता र “जनगणतन्त्र” को अभिलाषा प्रकट गरेपछि राष्ट्र दलदलमा फसेको र जनताले ठूलो धोका पाएको अनुभूति हुन थालेको छ । माओवादीले ‘जनयुद्ध’ को नाममा जेजस्तो अपराध गरेको भए पनि उनीहरूले शान्ति र लोकतन्त्रप्रति लिखित प्रतिबद्धता व्यक्त गरेपछि जनताले नयाँ नेपालको निर्माणमा उनीहरूको ऊर्जा, क्षमता र बलिदानी भावनाको उपयोग हुन सकोस् भनेर माओवादीलाई यो अवसर प्रदान गरेका हुन्। तर उनीहरूले यो छोटो अवधिमा जनताको आशा र अपेक्षाविपरीत, आफ्ना प्रतिबद्धता र सहमतिको उपेक्षा र उल्लंघनमात्र गरेनन्, मुलुकमा मौजुद लोकतान्त्रिक संरचना र मान्यताहरूलाई तहसनहस पारी भयावह अवस्था सिर्जना गर्ने अभियान चलाइरहेका छन्। उसले यो छोटो समयमै आफ्नो आचरण, व्यवहार र अभिव्यक्तिद्वारा शान्ति र लोकतन्त्रप्रति आफ्नो वचनबद्धता सरकारमा जान का लागि नक्कलि अनुहार मात्र थियो भन्ने स्पष्ट गरेको छ। लोकतन्त्रमा नैतिकता, वचनप्रतिको निष्ठा र लोकतान्त्रिक मूल्यमान्यताको पालनालाई विशेष महत्त्व दिइन्छ। त्यसैले हरेक दल यी विशेषतालाई अंगीकार गर्न प्रयत्नशील रहन्छन्। तर यतिखेर देशको सरकारको नेतृत्व गरिरहेको दलले धोका, धम्की लाइ आफ्नो हतियार बनाएको छ। यही हतियार प्रयोग गरेर ऊ अन्य राजनीतिक दललाई अस्तव्यस्त पार्ने, जनतालाई धम्काउने लोकतन्त्रलाई अर्थहीन तुल्याउने प्रयत्न गरिरहेको छ।
माओवादी
सत्ता र शक्तिको मोहले सहमतिको मार्ग छोडेर एक्लै हिँड्न थालेपछि यो अवस्था सिर्जना भएको हो। यो अवसरलाई माओवादी, लोकतन्त्रको पहरेदारी गर्ने प्रेसजगत्को मनोबल तोड्ने, जनताका संवैधानिक अधिकारको सुरक्षा गर्ने न्यायपालिकालाई आतंकित पार्ने, राष्ट्रिय सेनाको आत्मबल गिराउने, राज्यको स्थायी सरकार मानिने प्रशासन यन्त्रलाई अस्तव्यस्त तुल्याउने तथा आफूहरूलाई समर्थन नगर्ने धार्मिक क्षेत्रमा समेत हस्तक्षेप गर्ने काममा प्रयोग रहेका छन् भने आगामी दिनमा एकएक गरेर अन्य अंगहरूलाई पनि तहसनहस पार्न आक्रमण नगर्लान् भन्न सकिँदैन। दण्डहिनता र अराजकता झन्झन् बढ्दै छ। माओवादीको नेताहरू हाल प्रतिपक्षी मात्र हैन सहकर्मी दलहरूप्रति समेत जुन स्तरमा ओर्लिएर अमर्यादित गाली र विरोधमा लागेका छन्, त्यसैले उनीहरूको बश चलेमा आफ्ना समर्थकबाहेक कसैलाई पनि क्रियाशील हुन नदिने मानसिकता देखाउँछ। लोकतन्त्रविरुद्ध वा अधिनायकवादी जनगणतन्त्रको दिशामा उसले चाल्ने पाइला अन्ततः उसैको लागि घातक ठहर्ने छ। अहिलेसम्म उसले चालेका यस्ता कदमले शान्ति, लोकतन्त्र र नयाँ संविधान निर्माणको प्रक्रियालाई क्षति पुर्यासएको छ, । तसर्थ बितेको अनुभव र असफलताबाट शिक्षा लिएर माओवादीले सहमतीय राजनीतिलाई अनुशरण गर्नु नै स्वयं उसको लागि पनि लाभप्रद हुनेछ। सहमतिको वातावरण बेगर लोकतन्त्रको रक्षा, विकास, राज्यको पुनर्संरचना र नयाँ संविधानको निर्माण सम्भव छैन तेसैले नेपालमा सुशान कानुनिराज्य,तथा लोकतन्त्रको सस्थागत बिकसको लागि लोकतान्त्रीक शक्तिबिचको एकता अपरिहार्य छ।
सोम नाथ सापकोटा
लिस्बोन पोर्तुगल्।