Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

गैरआबाशिय नेपाली संघ र प्रबासी नेपालीहरू

गैरआबाशिय नेपाली संघ नेपाल र नेपालीको सर्वोपरी हित र उत्थानको लागि आर्थीक, सामाजिक, सांस्कृतिक जस्ता विविध क्षेत्रमा सहयोग उपलब्ध गराउन तथा प्रबासमा छरिएर रहेका नेपालीहरुका बिच परस्पर आत्मियता र भातृत्वलाई उजागर गर्दै….बिशेषगरी समाजमा पिछ्डिएका, निमुखा, अशिक्षित, बेरोजगार, गरीब्,अपाङ्गहरुलाई शिक्षा र रोजगार जस्ता महत्वपूर्ण क्षेत्रमा शिक्षामुलक, शिपमुलक, आयमुलक्, जनचेतनामूलक कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयन गरी टेवा पुर्‍याउनु तथा प्रबाशमै रहेका नेपालीहरुका लागि पनि सेवामुलक कार्यक्रम सन्चालन गर्न, देशभित्र आकस्मिक आइपर्ने प्राकृतिक प्रकोपहरु आगलागि, भुक्षय ,वाडी, पहिरो, महामारी आदिमा आवश्यक सहयोग उपलब्ध गराउनुको साथसाथै राज्यको बिकास निर्माण कार्यमा हातमा हात मिलाएर अगाड़ी बड़ीरहेको छ यो नेपाल र नेपालीको लागि गौरबको बिषय हो |
प्रबासमा रहेर पनि आफ्नो मातृभुमिको सामाजिक, सांस्कृतिक पहिचानलाई फराकिलो पार्दै बिश्व को कुना कुना सम्म पुर्याउने अठोट लिएर तथा आर्जन गरेर पनि राष्ट्र सेवाको लागि हरदम तयार रहने यि नेपालीहरु वास्तवमै आफ्नो राष्ट्रियताप्रतिको गर्व , मातृभुमीप्रतिको अपार स्रद्द्दा र सम्मानको ले गर्दा बिश्वको जुनसुकै कुनामा रहेरपनी मन्,वचन्,कर्मले निरन्तर सेवा र सहयोग गर्ने सामर्थ्य राख्दछ | बिदेशिएका नेपालीबाट भित्रिएको रकम देशको अर्थतंत्रको ठुलो हिस्सा भएको तथ्य एउटा नेपालीको लागी पक्कै पनि नौलो बिषय होइन | प्रबाशमा रहेर पनि राष्ट्र प्रतिको कर्तब्यबोधको आभास यसरी भित्रिएका रकमबाट भैसकेका र भैरहेका कतिपय कामहरुबाट प्रस्ट हुन्छ |
यसरी बिश्वभरि छरिएर रहेका नेपालीको संस्था गैरआबाशिय नेपाली संघले नेपालीको बिचमा अधिक्तम समन्वय, तथा सम्बन्ध कायम गरी संस्थागत रुपमा अगाडि बढ्नु पर्ने बर्तमान आवश्यकता हो भने अर्कोतिर, यस्ता संस्थाहरूको प्रर्बद्धनको को लागी कुनै कसर बांकी नराखी सफल, दिर्घकालीन कार्यनिती निर्माण गरी कार्यान्वयन गर्नु राज्यको कर्तब्य हो |
सोम सापकोटा
डेनमार्क