Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

नेपालको वर्तमान राजनैतिक अवस्था

सोम सापकोटा

मुलुक संक्रमणकालीन अबस्थामा गुजि्ररहेकोले यसको व्यवस्थापन,दिगो शान्तिको स्थायित्व प्रदान गर्ने, नयाँ संविधान निर्माण गरेर संमृद्धशाली नयाँ नेपाल निर्माण गर्न , लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यबस्थालाई संस्थागत विकास गर्ने महान लक्ष्य पुरा नगरुन्जेल नेपालका राजनीतिक दलहरुवीचको सहमति र सहकार्यको विकल्प छैन् । यस बाटोमा मुलुकलाई डोर्‍याउनका निम्ति राजनीतिक पार्टीहरुका नेताहरुमा रहंदै आएको बिद्यामान चिन्तनलाई लोकतान्त्रिक र परिवर्तनको नयां सोच र संस्कारमा विकास हुनु आबश्यक छ । । यसै सन्दर्भमा नेपाली जनताको पक्षमा बन्ने संविधान, नेपालको राष्ट्रियता, जनजिवनको सवालमा गरिने आन्दोलनहरुमा स्वदेशमा मात्र नभै विदेशमा रहेका सबै प्रवाशी नेपालीहरुले पनि अझ बढि संगठित भै सहयोग र समर्थन गर्न आबश्यकता र जिम्मेवारी रहेको छ । सबैपक्ष बाट देशका लागि सहयोग गर्नु जरुरी छ । शान्तिपूर्ण नयाँ नेपालको निर्माण गर्न आम जनता राजनीतिक पार्टीहरु एकबद्ध हुन जरुरी छ / यदि यस्तो हुन सकेन् भने नेपलमा ठुलो दुर्धटना नहोला भन्न सकिन्न।

राजनैतिक दलका नेताहरु आफ्नो दलिय स्वाथ भन्दा मथि उठन सकेका छैनन यो देस र जनता को लगि गम्भिर समस्या को रुपमा अएको छ।राष्ट्को सबै भन्दा गरिमामय स्थानमा पदिय दायित्व निर्बाह गरिरहेका राजनेताहरु का भनाइहरुले राष्ट्लाइ अन्योलमा पारीरहेका छन। सबिधान लेख्न्ने जुन मुल उदेस्य लिएर सबिधान सभाको चुनाब गरियो तर अब तोकिएको समय ले आधा पार गरि सकेको छ तर राजनीतिक दलहरु साथै बर्तमान सरकार आफ्नै दल भित्रका समस्या समधान गर्न असफल् देखिन्छन। देशमा कस्तो मोडलको सबिधान ल्याउने भन्ने बिषयमा फरक फरक बिचार आउनुलाइ राम्रो सकेत मान्न सकिन्न। नेपालका राजनीतिकदलहरु मा राष्टिय हित भन्दा पनि दलिय स्वार्थ हाबि भएकोले नेपालिजनताहरु यस्तो गम्भिर बिषयमा द्लहरुलाइ खबरदारी गर्नु आजको आवश्यकता हो।

नेपाली जनताको सुनौलो भविष्य निर्माण, नयाँ संविधान निर्माणमा जनताका हक अधिकारहरु प्रत्याभुति गर्न, नयाँ नेपालको परिकल्पना, विस्तृत शान्ति सम्झौताको पालना गर्ने विषय चुनौतिको घेरा भित्र पर्न थालेका छन् जनताको भावनाअनुरुप नयाँ संविधान निर्माण गर्न र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको थालनी गर्न राष्ट्रिय सहमति र सहकार्य विना सम्भब छैन् । नयाँ नेपालका लागि नेपाली जनताको त्याग, वलिदान तथा शहिदहरुको सपना साकार पार्ने नयाँ युगको बाटोमा मुलुक प्रवेश गरिसकेकोले आज सबैका लागि लोकतान्त्रिकगणतन्त्रको संस्थागत गर्नु सबैभन्दा महत्वपूर्ण छ । सम्पूर्ण राजनितिक दल तथा नागरिक समाज र जनता एकबद्ध भएर अगाडि बढ्नु आजको माग र आवश्यकता रहेको छ । तर जनताको भावनालाई आत्मसात गर्दै जानुपर्ने मुख्य मुद्धामा यस्तो नभै ठिक उल्टो अहिलेकेही राजनीतिक दलहरु पार्टीगत रुपमा सत्ताको लागि विदेशी शक्तीसंगै गुहार गरिरहेका छन् । जनताको भावना र मर्म विपरित शक्तिको ईशारामा नेपालको राजनैतिक घटनाक्रम अगाडि बढिरहेका छ/ यस्तो गम्भिर अवस्थाबाट देसलाइ निकास दिनको लगि हामि सबै नेपलिहरु फेरि एकजुट हुनु पर्ने बेला आएको छ। देसमा यस्तै अबस्था रहि रहने हो भने हामि सबै आमनेपालीहरु राष्ट् को अग्रगामि निकासको लागि पुन राजनैतिक तथा आर्थिक क्रांतिको लागी तयार हुनु पर्ने बेला आएको छ |