Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

चितवन समाज डेनमार्कद्धारा रक्तदान सिबिरको लागी आर्थिक सहयोग

तिलक मान गुरुंग
कोपेनहेगन

नेपालको अस्पतालको सहर मानिने चितवन जिल्लामा दिन प्रतीदिन बिरामिको चाप बढ्दै गएको र बिभिन्न गैर सरकारी संस्था हरुबाट रक्त दान कार्यक्रम सञ्चालन गरी बिभिन्न अस्पताल मार्फ़त सम्बंधित बिरामिहरुलाई रगत निशुल्क बितरण गर्दा पनि चितवन मा रगत अभाब भैरहेको अवस्था लाई महसूस गरी चितवन समाज डेनमार्क ले रक्तदान कार्यक्रम लाई प्रभाबकारी रुपले सञ्चालन गरी सम्बंधित निकाय मा पुरयाई बितरण गर्ने उद्देश्य सहित नेपाल रेडक्रस सोसाईटी उप शाखा लंकु चितवनसंग सहकार्य गर्दै रक्त संकलन कार्य ब्यबस्थापन गर्न को लागी समाज को तर्फ बाट ने रु. १५००० उप शाखा का अधक्ष्य श्री प्रेम गैरेलाई हस्तान्तरण गरिएको छ | रकम हस्तान्तरण पछि अध्क्ष्य गैरेले चितवन समाज डेनमार्क ले गरेको स्रहानीय कार्यको प्रसंशा गर्दै उक्त कार्य बाट समाजमा एउटा उदाहरणीय योगदान हुने बताउनु भयो | स्मरण रहोस चितवन समाज डेनमार्क ले चितवन को बिभिन्न क्षेत्र हरुमा बिगत देखि सहयोग गर्दै आइरहेको छ र आउदा दीन हरुमा पनि यस्ता कार्यक्रम हरु सञ्चालन गर्न डेनमार्क मा बसोबास गर्ने संपूर्ण चितवन बासी दाजू भाई तथा दीदी बहिनी हरु लाई आबद्ध भई सहकार्य गर्न को लागी अनुरोध गर्दै चितवन समाज डेनमार्क ले डेनमार्कमा बसोबास गर्ने संपूर्ण चितवन बासी को तथ्यांक संकलन गर्ने लक्ष्य रहेकोले समाज को Email..chnsamaj.dk@gmail.com मा आफ्नो ब्यक्तिगत बिबरण पठाई सहयोग गर्नुहून चितवन समाज डेनमार्क हार्दिक अपील गर्दछ |