Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

हार्दिक समवेदना !

जिल्ला कारागार चितवनमा गत मंसिर २० गते भएको आक्रमणमा परी गम्भीर घाइते भएका अनन्य मित्र तथा नेपाल तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा दुखद निधन भएको खबरले स्तब्ध भएका छु।यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
सरकार नियन्त्रित कारागारमा रहेको ब्यक्ती असुरक्षित हुनु राष्ट्र र सरकार को लागि गम्वीर बिषय हो ।यदि जेल भित्र कैदी सुरक्षित
छैन भने नेपाली जनताले कहाँ सुरक्षित महशुस् गर्छन?शान्ती शु व्यवस्थाको ठाडो उलङघन गर्दै देश र जनता प्रती जिम्मेवार हिन सरकारको यो भन्दा ठुलो असक्षम्ता के हुन सक्ला ?
सरकारकै निगरानीमा जेलभित्र रहेका व्यक्तिमाथि आक्रमण भई मृत्यु हुनु षड्यन्त्रपूर्ण रहेको घटनामा संलग्न जोसुकै भए पनि यथाशिघ्र छानविन गरि दोसीलाई कडा कारवाही गर्न सम्बंधित निकायलाई माग गर्दछु ।

सोम सापकोटा
पूर्व उप सभापति
जन संपर्क समिती पोर्तुगल