Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

श्री जुटपानी नि.मा.बि.जुटपानी चितबनमा इ-पुस्तकालय स्थापना

10881532_751738158242334_1785478936665226572_nश्री जुटपानी नि.मा.बि.जुटपानी-३, चितबनका पुर्ब बिध्यार्थी तथा अस्ट्रेलियामा कार्यरत बाशु मरहट्टा, तथा एबिसी टेलिभिजनका डिजिएम पत्रकार किरणबाबु मरहट्टाको आर्थिक सहयोग, नेपाल लाईब्रेरी फाउण्डेशनको प्राबिधिक सहयोगमा श्री जुटपानी नि.मा.बि. जुटपानी-३, चितबनमा इ-पुस्तकालय स्थापनार्थ दुबैपक्ष बीच सम्झौता भएको छ।

नेपाल लाईब्रेरी फाउण्डेशनको तर्फबाट अध्यक्ष गणेश शाह, महासचिब भोलानाथ शर्मा र श्री जुटपानी निमाबिको तर्फबाट प्र.अ. लेखनाथ भट्ट, बिध्युतीय पुस्तकालय स्थापना अभियानका सँयोजक किरणबाबु मरहट्टाका बीच आज नेपाल लाईबरेरी फाउण्डेशनको कार्यालय डिल्लि बजार, काठमाण्डौमा सम्झौता भएको हो।
६ लाखको लागतमा ७ थान कम्प्युटरमा ई-पुस्तकालय जडान ब्यबस्थापन गरि यहि २०१५ जनवरी भित्र गैर अावासिय नेपाली संध का पुर्ब अध्यक्ष जीबा लामिछानेद्वारा समुद्घाटन गर्ने कार्यक्रम रहेको बिध्युतीय पुस्तकालय स्थापना अभियानका सँयोजक किरणबाबु मरहट्टाले जानकारी दिनु भयाे ।
उक्त बिध्यालयमा ई-पुस्तकालय स्थापनार्थ नेपाल लाइबरी फाउन्डेशन का बोर्ड सदस्य तथा युरोप सँयोजक एबँ गैर अावासिय नेपाली संधका क्षा्ेत्रिय उप-सँयोजक समेत रहनु भएका सोमनाथ सापकोटाले समन्वयकारी भूमिका निभाउनु भएको थियाे ।