Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

धन्यवाद सहित हार्दिक आभार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलन तथा महाधिवेशन सपन्न भएको छ ।
विश्व सम्मेलन तथा महाधिवेशनमा भागलिनु हुने मतदाता, अग्रजहरु, सम्पूर्ण मित्रहरुमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।
विश्व सम्मेलन तथा महाधिवेशन वाट नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष कुमार पन्तलगायत सम्पूर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।

निर्वाचनका क्रममा देखिएको असहज परिस्थिति र संसारभरबाट आएका प्रतिनिधिमा परेको नकरात्मक असरप्रति म क्षमा प्रार्थी छु । अन्तिम समयमा विशेष कारणले गर्दा मैले उम्मेदवारी फिर्ता लिए। मैले कोषाध्यक्षमा उम्मेदवारी दिएर फिर्ता गरे पनि मलाई अन्तिम समयसम्म साथ दिने मतदाता, सञ्चारकर्मी तथा अग्रजहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
नयाँ कार्यसमितिले आउँदा दिनमा सम्मेलनका क्रममा देखिएका गलत कार्यको अन्त्य गर्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।
गैरआवासीय नेपालीको हितमा संस्थालाई केन्द्रित गर्न म कार्यसमितिमा नरहे पनि सक्रियता पूर्वक काम गर्ने र नयाँ कार्यसमितिलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँछु।
सम्मेलनका क्रममा भएको चुनावी प्रतिस्पर्धा जित र हार होइन । यो अभियानमा कसैको हार हुदैन,यो एक काम बाँडफाँटको विधि मात्र हो । उम्मेदवार भएर पनि सफलता प्राप्त गर्न नसकेका सम्पूर्ण उम्मेदवारलाई अझ बढी जिम्मेवार बनेर एनआरएनए अभियानमा लाग्न आग्रह गर्छु।
नयाँ कार्यसमितिलाई सहयोग पुग्नेगरी आउँदा दिनमा एनआरएनएको अभियानमा तपाईंसँगै हुनेछु । संसारभरबाट पाएको अपार साथ, सहयोग र विश्वासले मलाई अझै काम गर्ने प्रेरणा मिलेको छ।
अन्त्यमा निवर्तमान कार्यसमिति, निर्वाचन समिति, अध्यक्ष मण्डल र संसारबाट काठमाडौंमा उपस्थित भएका गैरआवासीय अभियानका प्रतिनिधि तथा मलाई व्यक्तिगत रुपमा सहयोग गर्ने सबैलाई फेरि एक पटक हृदयदेखि नै धन्यवाद सहित हार्दिक आभार ब्यक्त गर्न चाहान्छु।
सोम सापकोटा
निवर्तमान सह-कोषाध्यक्ष
गैरआवासीय नेपाली संघ (एनआरएनए