चितवनको लक्ष्मी माविमा ई–लाईब्रेरी

चितवनको लक्ष्मी माविमा ई–लाईब्रेरी स्थापना गर्न आठ लाख रुपैयाँ संकलन
Posted: Tuesday, Aug 26, 2014 17:47 PM ( 7 hours ago )
TOTAL HITS: 704
Share This
2 2
काठमाडौं, भदौ १० – चितवनको लंकुमा रहेको लक्ष्मी माविमा विद्युतीय पुस्तकालय अर्थात ई–लाईब्रेरी स्थापनाका लागि झण्डै आठ लाख रुपैयाँ सकंलन भएको छ ।
अहिले डेनमार्कमा रहेका लंकुका सोमनाथ सापकोटाको सक्रियतामा विद्यालयका भूतपूर्व विद्यार्थी, विभिन्न देशमा रहेका लंकु आसपासका बासिन्दाले ७ लाख ९८ हजार रुपैयाँ संकलन गरेका हुन् ।
विद्यालयमा ई लाईब्रेरी स्थापनाका लागि मंगलवार लक्ष्मी मावि र नेपाल लाईब्रेरी फाउण्डेशनबीच सम्झौता भएको छ । सम्झौतामा लक्ष्मी माविका प्रधानाध्यापक नारायण चालिसे र नेपाल लाईब्रेरी फाउण्डेशनका अध्यक्ष गणेश शाहले हस्ताक्षर गर्नुभयो ।
ई लाईब्रेरी स्थापनाका लागि लाईब्रेरी फाउण्डेशनले तालिम र अरु प्राविधिक पाटोमा सहयोग गर्ने प्रधानाध्यापक नारायण चालिसेले उज्यालोलाई जानकारी दिनुभयो । सोमनाथ सापकोटाको सक्रियतामा काम भैरहेको चालिसेले बताउनुभयो ।
ई–लाईब्रेरी स्थापना गर्न जापानबाट खगेन्द्र प्रसाद सापकोटाले १ लाख ११ हजार १ सय ११, डेनमार्कबाट मा रहेका सोमनाथ सापकोटाले ५१ हजार १ सय ११, फिनल्याण्डबाट कौशिला अर्यालले ५० हजार, अष्ट्रेलियाबाट केशव सापकोटा र जीवन सापकोटाले जनही ५० हजार, महेन्द्र कँडेल र राजेन्द्र कँडेलले अष्ट्रेलियाबाट ५० हजार, अमेरिकाबाट प्रकाश कँडेलले ४८ हजार ७ सय ४५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै अष्टेलियाबाट डिला खरेल, बेल्जियमबाट सीता सापकोटा, डेनमार्कबाट तिलकप्रसाद कँडेल, फिनल्याण्डबाट युवराज भण्डारी, नेदरल्याण्डबाट कृष्णराज अधिकारी, जापानबाट दामोदर सापकोटा र चितवन भरतपुरका टीकाराम खरेलले जनही २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बेलायतबाट लक्ष्मी कँडेलले ३० हजार, अमेरिकाबाट सरोज श्रेष्ठले २५ हजार, अष्ट्रेलियाबाट विजय र विनय सापकोटाले २० हजार, प्रकाश खरेलले १० हजार, डेनमार्कबाट यशोदा लामिछानेले १० हजार,देवी राम लामिछानेले ईटलीबाट ११ हजार १ सय ११, जापानबाट भोजराज र ईश्वरी कँडेलले ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी छविलाल सापकोटाले १६ हजार ६०, चन्द्र कँडेलले १५ हजार, अर्जुन सापकोटाले ७ हजार ५ सय, लक्ष्मण सापकोटाले ५ हजार, भरतपुरका बासु सापकोटाले ११ हजार, नारायण प्रसाद सापकोटाले ५ हजार, रघुनाथ सापकोटाले ५ हजार १ सय, डेनमार्कबाट मनोज सापकोटाले १० हजार, सागर खरेलले अष्ट्रेलियाबाट १० हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै पुस्तकालयका लागि फिनल्याण्डबाट ल्क्ष्मी अर्यालले ११ हजार १ सय ५१, अष्ट्रेलियाबाट दीपकराज सापकोटाले १० हजार, बेल्जियमबाट सीता सापकोटा, नारायण कँडेल, र दीपक अर्यालले जनही १९ हजार २ सय,पूर्ण सापकोटाले ६ हजार ४ सय र राधिका तिवारीले १२ हजार आठ सय रुपैयाँ सहयोग गरेको ई–लाईब्रेरीका लागि अभियान चलाईरहेका सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
६ लाख ६५ हजार रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा त्यो भन्दा धेरै पैसा उठेको हो । डेनमार्कमा रहेका सापकोटाले यसअघि आफ्नै सक्रियतामा बाग्लुङ काँडबासको जनजागृति माविमा ई–लाईबे्ररी स्थापना गर्न र विद्यालयको स्तरोन्नतिका लागि अभियान चलाएर २२ लाख ५२ हजार रुपैयाँ संकलन गर्नुभएको थियो ।
– See more at: http://m.ujyaaloonline.com/news/35867/laxmi-mabi-e-libreary/#sthash.Ol08seqn.dpuf

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*