चितवन को छोटो परिचय

भौगोलिक हिसाबले नेपालकै करिब् मध्यभागमा अबस्थित चितवन जिल्ला नेपालको सुगम जिल्लाहरु मध्यको एक करिब २००० बर्गकिलोमिटर भुभागमा फैलिएको र जनसङख्या ५ लाखको हाराहारिमा छ . प्राकृत्तिक सुन्दरता, हरियाली बनजङ्गल, कृषिजन्य मलिलो माटोको धनि चितवनमा खासगरी २००७ सालको प्रजातन्त्रको आगमनसंगै नेपालको पहाड़ी जिल्लाहरु बिशेषगरी तनहू, लम्जुंग, गोरखा ,कास्की,पर्बत, बागलुंग आदि ठाऊहरुबाट मानिसहरु बसाईसर्ने क्रम जारी रह्यो .एबम रितले हालको चितवन जिल्लाको स्वरुप निर्माण हुन गएको हो
ईतिहासलाई सरसरती पल्टाएर हेर्दा नेपालको राणकालीन समयमा राण शासकहरुले चितवनको घनाजंगललाई सिकार खेल्नको लागी प्रयोग गर्दथे….बस्तुत. चितवन जिल्लाको नामाकरण चितुवा को बन बाट अपभ्रंष भएर भएको भन्ने इतिहास मा उल्लेख छ ..
हाल चितवन मा जम्मा ३८ वटा गा.बि.स. एउटा उपमहानगरपालिका र एउटा नगरपालिका अवस्थित छ……… पर्यटक आगमनको हिसाबले काठमांडू, पोखरा पछिको तेस्रो गंतब्यको रुपमा रहेको चितवनको मुख्य पर्यटकिय स्थलको रूपमा चितवन रास्ट्रीय निकुंज, माडी गडी, सिम्सार छेत्र, थारू भिलेज आदि स्थानहरु पर्दछन

तिलक मान गुरुंग

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*