Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

वैदेशिक रोजगारी सम्बन्धी छलफल कार्यक्रम:

गैरआवासीय नेपाली संघले वैदेशिक रोजगार राहत कोष उपसमितको पहलमा वैदेशिक रोजगार सम्बन्धी एक छलफल कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रम वैदेशिक रोजगारको क्षेत्रलाई कसरी सुरक्षित तथा मर्यादित बनाउन सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको थियो । Read more »

रामचन्द्र बचाउ अभियानको जगेडा रकम ब्यवस्थापनमा ल्याइने

काठमाडौ ।वैदेशिक रोजगारीको क्रममा साउदी अरवमा सडक दुर्घटनामा परेका रामचन्द्र तिमिल्सिनाको लागि ब्लड मनीवापत संकलीत रकम मध्ये पनौती नगरपालिकाको जिम्मामा रहेको रकम वैदेशिक रोजगारीको क्रममा विपत्तमा परेकाको नाममा खर्च गरिने भएको छ । Read more »

हार्दिक आभार

गैर आवासिय नेपाली संघको यही असोज २८ देखि ३१ गतेसम्म काठमाडौमा भएको आठौ विश्वसम्मेलनबाट मलाई अत्याधिक मत सहित अन्तराष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्ष पदमा विजयी गराउन सन्सारभरीबाट आउनुभएका सम्पूर्ण एनआरएनए प्रतिनिधिहरु तथा विभिन्न तवर र तत्काबाट सहयोग गर्नुहुने स्वदेश तथा विदेशका शुभेच्छुक, समर्थक, अग्रज, गैर आवासिय नेपालीसंघका अभियान्ता तथा सञ्चारकर्मी मित्रहरुप्रति प्रकट गर्दै नव निर्वाचित अध्यक्ष भवन भट्ट सहित सम्पूर्ण विजयी टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । निर्वाचनमा भागलिने सम्पूर्ण उम्मेदवारहरुप्रति सम्मान प्रकट गर्दै सफलतापुर्वक निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग तथा सचिवालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । निर्वाचन स्वभाविक प्रक्रिया हो गैर आवासिय नेपाली संघ एउटा अभियान यसमा कसैको हार हुँदैन । त्यसैले सबै एनआरएनहरु एकबद्ध भएर संस्थालाई अघि बढाउन पर्दछ । संस्थागत विकास र लक्ष्य प्राप्त गर्न सबै मिलेर अघि बढ्ने प्रतिबद्धता सहित पुन धन्यवाद व्यक्त गर्दछु ।